राेल्पामा भिरबाट लडेर आमा छाेरीसहित तिन जनाकाे मृत्यु

सांकेतिक फाइल तस्बिर

असाेज ६, राेल्पा । भिरबाट लडेर जिल्लामा एकै दिन तिनजनाकाे मृत्युु भएको छ।

मृत्यु हुनेमा आमा छाेरी सहित एक पुरुष रहेका छन। रोल्पा नगरपालिका ९ बस्ने २५ वर्षिय सङिता पुन र उनकी २ वर्षिया छाेरी कृतिका पुन साेहि ठाउँको हाङ्वाङ भिरबाट लडी मृत अबस्थामा मङगलबार करिब बेलुका ५:३० बजे फेला परेकि छन। शव देखेपछि स्थानीयले खवर गरे लगत्तै प्रहरी चौकी माडिचौरबाट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेकाे थियाेे।

प्रहरीले शवकाे उद्दार गरी पाेस्टमाटमकाे लागि जिल्ला अस्पताल रेउघा ल्याएको जिल्ला प्रहरी कार्यालय राेल्पाले बताएको छ।

त्यसैगरी रोल्पा नगरपालिका ३ खुमेलका ४२ वर्षिय तिर्थलाल थापा विवाह घरबाट फर्कने क्रममा खरवारीमा लडेको अवस्थामा भेटिएका छन। रातभर त्यही रहेको बिहान मात्रै स्थानीयले देखेपछि अस्पतालमा ल्याएपछि उपचारकै क्रममा मृत्यु भएको हाे। उनले अत्यधिक मदिरा सेवन गरेको भन्ने बुझिएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

अहिले तिनैजनाकाे शव जिल्ला अस्पताल रेउघामा राखि पाेस्टमाटमकाे लागि तयारी गरिएकाे र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

६ आश्विन २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको