मगर संसारद्वारा ५ दिने अनलाइन उद्घोषण तालीम सम्पन्न


पोष्टपाटी, काठमाडौं ।
मगर संसार फोटो ग्यालरी ग्रुप द्वारा २०७७ चैत ५ गते देखी सुरु गरिएको अनलाइन उद्घोषण, सार्वजनिक भाषणकला तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ । पाँच दिनसम्म संचालन गरिएको अनलाइन उद्घोषण तालीम चैत ९ गते सम्म चलेको थियो ।

मगर संसार ग्रुप भित्र लाइभ मार्फत प्रशिक्षकको भूमिकामा रहेका पत्रकार श्याम राना मगरले तालीम दिनु भएको जानकारी संयोजक अनिल लामिछाने मगरले पोष्टपाटीलाई जानकारी दिनु भएको थियो । मगर जाती आफैमा लजाउने र खुलेर बोल्न नसक्ने समुदाय भित्र पर्ने भएकाले साढे दुइ लाख मेम्बर भएको ग्रुप मगर संसारमा अनलाइन मार्फत इन्टरनेट पहुज पुगेका मगरहरुलाई यो तालीम निकै फलदायी र आजको आवश्यकता भएको जानकारी संयोजक अनिलले जानकारी दिनु भएको थियो ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने वरिष्ठ-उपाध्यक्षमा हाल जापानमा रहनुभएका बागलुङका राज लमतरी मगर, उपाध्यक्षमा हाल युएईमा रहनु भएका सिंधुलीका एम. बी. मगर, त्यस्तै अर्का उपाध्यक्षमा धादिङका रन्जु मगर हुनुहुन्छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर र प्रकाश मगर हुनुहुन्छ ।

९ चैत्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको