सल्यानका एक युवाकाे मलेसियामा माेटरसाइकल दुर्घटनामा परि मृत्यु


असाेज ५, सल्यान । वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका सल्यानका एक युवककाे दुर्घटनामा परेर मृत्यु भएकाे छ ।

सल्यान निगालचुला निवासी २५ बर्षिय नेपाली श्रमिक गोविन्द खनालको मोटरसाइकल दुर्घ”टनामा परि मलेसियामा मृत्यु भएकाे हाे । आईतवार बिहान करिब ०४:०० बजेको समयमा उनकाे दुर्घटनामा परि घ’टनास्थलमै मृत्यु भएकाे हाे ।

साथी जिवराज चौधरीले दिइएको जानकारी अनुसार गोविन्द खनाल चाडैंनै स्वदेश फर्किने तयारीमा रहेका थिए। घर जान लागेको खुसियालीमा शनिबार रातीको समयमा साथीभाईहरुसंग खानपिन गरेर बिहान मोटरसाइकलमा सवार भएर गोविन्द खनाल र देव बहादुर मगर सडकमा निस्केका थिए ।

अत्याधिक गतिका कारण दुबैजना चढेको मोटरसाइकल सडकमा अनि’यन्त्रित भैइ दुर्घ”टना हुँदा गोविन्दको मृत्यु भएको र देव बहादुर मगर गम्भीर घाइते भएको जनाइएको छ ।

मोटरसाइकल कसको थियो र बिहानै कहाँ जादै थिए भन्नेबारे उनका साथीहरु पनि अनबिज्ञ रहेका छन् ।

दुर्घटना भए लगत्तै मलेसियन प्रहरी घटनास्थलमा पुगेको थियो । मृतक गोविन्दको शव पोस्ट’मार्टमको लागी स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । गम्भीर घाइते मगरको उपचार साहआलम अवस्थित एक अस्पतालमा भैइरहेको जनाईएको छ ।

५ आश्विन २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको