सरकार संरक्षित गुण्डागर्दीको भण्डाफोर गर्नुपर्छ: ओली


असोज ५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टीनिकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको बताए ।

ओलीले भने, ‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दीको तपाईंहरूले भण्डाफोर गर्नुपर्छ । जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छ । तर, जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन । जनता भोलि प्रतिवादमा निस्कन्छ ।’

‘२०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि कांग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ? पछि त्यही सिको गरेर ज्ञानेन्द्रले गरेको होइन ? माघ १९ । माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यो शासन नै अन्त्य गरिदियो जनताले । तसर्थ जनता सचेत हुनुपर्दछ । जनतालाई सरकारले दुःख दिनु हुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणालीमात्रै होइन । जनतालाई छकाउने प्रणाली होईन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो ।’

५ आश्विन २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको