रोल्पा पहिरो: चार घर परिवारलाई स्थानान्तरण गरियो, राहत पुर्याउने कार्य जारी


भदौ ५, रोल्पा । शुक्रवार राती गएको पहिरोमा परेर क्षति पुगेको रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमको फुलिबन नमुना बस्तीका चार घर परिवारलाई स्थानान्तरण गरिएको छ ।

नजिकको गाउँमा सहज वसोबासको व्यवस्थासँगै गैर खाद्य राहत विरण गरिएको हो । पहिरोले दुई घर बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङले बताए । उनका अनुसार अझै ५ घर उच्च जोखिममा छन् ।

नमूना बस्तीमा रहेको रणबहादुर घर्तीमगर र तेकमला घर्तीको घर पहिरोले बगाएको हो । गजमा घर्ती र मनपुरा घर्तीको घरमा पनि आंशिक क्षति पुगेको छ ।

सोही वस्तीका दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती बिजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा रहेको गुरुङले बताए । पहिरोका कारण मानविय क्षति भने भएको छैन ।

पहिरो प्रभावित परिवारलाई गैर खाध सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए । पीडितहरुको क्षतिपुर्तिको लागि तत्काल प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र गाउँपालिका विपद् व्यवस्थापन समितिमा पहल गर्ने उनले बताए ।

पहिरो बाट विस्थापित ४ घर परिवारलाई गैर खाध सामाग्री हस्तान्तरणको गर्दै वडा नम्बर १ सेरमका अध्यक्ष महाबिर पूर्ण क्षति भएको घरका सामाग्री लगाएर जोखिम घरका सामाग्री र जोखिम भएको घरमा मानिस नबस्न अनुरोध गरेका छन् । विस्थापित परिवारलाई बस्नको व्यवस्था मिलाइने उनले बताए ।

आर्थिक वर्षमा२०७६र२०७७ मा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा फुलिबन बस्तिका ४० घर परिवारलाई स्थानान्तरण गरि नमुना बस्तिको रुपमा बिकास गर्दै गर्दा नमुना बस्तीनै पहिरोले बगाए पछि गाउँपालिका अध्यक्ष आशबहादुर पुन पनि निकै दुखित भएको बताए ।

उनले पहिरो पीडितहरुको राहतको लागि तत्कालै मुचुल्क बनाई अगाडि बढाउने र गाउँपालिकाले आवश्यक बसोबासको प्रबन्ध मिलाउनुको साथै पुर्नबासको लागि प्रक्रिया अगाडि बढाइने बताए ।

चार घर परिवार वडा नम्बर १ सेरमका अध्यक्ष महाबिर रानामगरको पहलमा स्थानीयहरु सुरक्षीत घरहरुमा बस्नको लागि व्यवस्था मिलाइएको हो । सुरक्षीत मानिएको स्थान रोजेर घर बनाईयो तर अहिले यहाँ पनि पहिरोले घर बगाए पछि आफू निकै दुखित भएको पहिरो पीडित रणबहादुर घर्तीमगरले बताए ।

घर बनाउदा ऋण लागेको र अहिलेसम्म पनि तिर्न नसकेको ऋण भन्दा पहिले घर नै पहिरोले बगाइदिंदा दुखि भएको पीडित तेकमला घर्तीमगरले बताए । उनले घर बनाएको ऋण अझै तिनै बाँकी रहेको र घर पनि नरहँदा ऋण थपिएको बताए ।

पहिरोले गर्दा सेरम, उवा तगा थबाङ जाने मोटरबाटो अवरुद्ध भएकोमा खुलाउने प्रयास जारी रहेको छ ।

५ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको