भदौ ५, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोपछि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।
राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश- १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
अबको केही दिनसम्म ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस