हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन


भदौ ५, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४: ४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।

थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

५ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको