नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न


नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोया राजा भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समितिको निर्माण गरेको छ ।

अध्यक्षमा तोयानाथ भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ति मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर हुनुहुन्छ ।

तोया भट्ट सभापति रहेको अधिबेशनले तिर्थ पाख्रीन ‘प्रेम’ को नेतृत्वमा पाँच सदसीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकार समितिको संयोजकमा तिर्थ पाख्रीन, सल्लाहकार सदस्यहरुमा सेते घर्ति ‘कसम’, युवराज कार्की ‘शेखर’, टिकाराम ओली ‘सुरेस’ र बिपिन निरौला हुनुहुन्छ । त्यस्तै सल्लाहकार समितिहरुका सदस्यहरुको पनि कार्यविभाजन गरिएको छ । संयोजक तिर्थ पाख्रीनलाई राजनैतिक तथा सांगठानिक पार्टी सम्पर्कको लागि जिम्मेवारी तोकिएको छ भने मोर्चाको आर्थिक विभागको संरक्षक तथा सल्लाहकार सेते घर्ति र बिपिन निरौलालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मोर्चाको अन्तर संघसंगठन र कुटनीतिक संरक्षकको रुपमा टिकाराम ओलीलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निर्वतमान मध्येपूर्ब इन्चार्ज आजाद केसीको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा मध्यपूर्व इन्चार्ज खगेश्वर केसी, साउदी मोर्चाका संस्थापक अध्यक्ष बिक्रम पौडेल, साउदी मोर्चाका सल्लाहकार तिर्थ पाख्रीन, युएई मोर्चाका सल्लाहकार समर खत्री, नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वका संयोजक बेद बोहरा, कतार मोर्चाबाट साजन गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा युरोपबाट बिष्णु भुजेल, युएई मोर्चाका अध्यक्ष मनोज काउचा मगर, पोर्चुगलवाट पूर्ण बिक र प्रदिप अधिकारी, बहराइनवाट मिनराज, कुवेतवाट बिकल्प, आप्रवासी कामदार समाज नेपालको अन्तर्राष्ट्रिय संयोजन समितिका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालक सेते घर्ति ‘कसम’ को रहेको थियो भने मोर्चाको प्रगति विवरण कैलास मैनालीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै मोर्चाको नयाँ कार्यसमितिको घोषणा मोर्चाका बरिस्ठ सल्लाहकार तिर्थ पाख्रीनले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

६ श्रावण २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको