काठमाडौं उपत्यकामा थपिए ३ सय ७९ संक्रमित

फाइल तस्बिर

असार ७, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका २८५ जना, ललितपुरका ६१ जना र भक्तपुरका ३३ जना छन्। थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

७ असार २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको