दाङमा श्रीमानलाई रुखमा बाँधेर श्रीमती र सालीमाथि बला’त्कार

सांकेतिक फाइल तस्बिर

असार ७, दाङ । दाङको लमहीमा ब’न्धक बनाइ जब’रजस्ती बला’त्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आरोपित दूई जना फरार रहेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुरको जंगलमा तीन जनाको समूहले दुई महिलालाई ब’न्धक बनाई जंगलमा लगेर बला’त्कार गरेको अभियोगमा किरण बुढालाई पक्राउ गरिएको जानकारी दिए ।

पीडित महिलाले आफुलाई रातिको समयमा बन्धक बनाई जबरजस्ती जंगलमा लगि बला’त्कार तथा लु’ट’पाट गरेको जाहेरी दिएपछि बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

र यो पनि 

दाङमा दिदी-बहिनी ब’लात्कार आरोपित ३ जनाबिरुद्ध ३ मुद्दा दर्ता, कसरी भयो घटना ? [नालीबेली]

आइतरबा राति साढे ९ बजेतिर रोल्पाबाट दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै गरेको रा १ ख २४१९ नम्बरको टिपरलाई ओभरटेक गरी एउटै मोटरसाइकलमा सवार तीन जनाले उनीहरूलाई जंगलको बीचमै बन्धक बनाएका थिए।

टिप्पर चालक र सहचालकलाई रुखमा बाँधेर टिप्परमा सवार चालककी श्रीमती र सालीलाई बन्धक बनाई जंगलमा लगेर उनीहरुले बला’त्कार तथा लु’टपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट ती समूहले ५५ देखि ६० हजार नगद र दुई महिलाको झन्डै ४०/५० हजार जतिको सुनको गरगहना पनि लुटेर लगेको प्रहरीले जनाएको छ।

उनीहरुले चालक र सहचालकमाथि कु’टपिट गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । तरबारसहित रहेका ती युवाले ह’तियार देखाएर महिलाहरुलाई बन्धक बनाइ जंगलमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

प्रहरीले घटनामा संलग्नमाथि अप’हरण, लु’टपाट, जव’रस्ती कर’णी गरि चारवटा मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले सोमबार बिहान साढे ३ बजे मात्रै घटनाबारे सूचना पाएको जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

चालक टिप्परसहित आफ्नी श्रीमतिका साथ रोल्पाबाट चुनढुंगा बोकेर सम्राट सिमेन्ट उद्योगमा छोडेर लमही तर्फ जाँदै गर्दा तीन जनाले बाटो छेकेर उनीहरुलाई बन्धक बनाएका थिए । -फरककोणबाट

७ असार २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको