प्रचण्ड-माघव समूहद्वारा रोल्पाको सुलिचौरमा विरोध सभा 


माघ ८, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले रोल्पाको मुख्य बजार सुलिचौर बिरोध सभा गरेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध बिहिबार जनसभा गरेको हो ।

प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि प्रचण्ड-माधव समूहले रोल्पाको लिवाङपछि सुलिचौरमा प्रतिगमनका बिरुद्द विरोध सभा गरेको हो ।

सभालाई पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य दिपेन्द्रकुमार पुन र केन्द्रीय सदस्य ठाकुर गैरे लगायतले सम्बोधन गरेका छन् ।

उक्त समूहले सुक्रबार पश्चिम रोल्पाको घर्तीगाउँमा वृहत जनसभा गर्न लागेको छ । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी निर्बाचन क्षेत्र नं, १ (ख) रोल्पाले आयोजना गरेको छ ।

८ माघ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको