मौलिक लोक नृत्य प्रतियोगितामा तेस्रो हुन सफल चितवन मगर समुदायलाई पुरस्कार बितरण एक कार्यक्रम बीच सम्पन्न


पोष्टपाटी, चितवन ।
मगर संसारले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगिता-२०७७ को तृतीय पुरस्कार हस्तान्तरण गरिएको छ । नेपाल मगर संघ भरतपुर महानगरपालिका अध्यक्ष मान बहादुर रजाली मागरको सभापतित्वमा चितवन मगर समुदायलाई पुरस्कार स्वरूप तिस हजार रुपैंया र सम्मान पत्र सहित हौसला स्वरूप दश हजार रुपैयाँ प्रदान गरेको छ । पुरस्कार सौजन्य भने ज्योती रजाली मगरले गर्नु भएको थियो भने हौशला/प्रोत्साहन स्वरूप सहयोग मानबहादुर रजाली मगरले दिनु भएको थियो ।

एक कार्यक्रम बिच भब्य रुपमा सम्पन्न पुरस्कार बितरण कार्यमा एडमिन उपस्थित हुन नसके पनि आयोजकको भूमिका खेल्नु हुने चितवन मगर समुदाय र देउ कुमार थापा/मुना लम्तरी मगरलाई मगर संसारले बिशेष धन्यवाद दिएको छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय समितिका बरिष्ठ सल्लाहकार चन्द्र बहादुर रानामगर हुनुहुन्थ्यो भने विशिष्ट अतिथीमा नेपाल मगर संघ जिल्ला समिति चितवनका अध्यक्ष खिम बहादुर थापा मगर हुनुहुन्थ्यो । त्यस्तै अन्य अतिथिहरुमा नेपाल मगर महिला संघ केन्द्रीय समितिका कोषाध्यक्ष देबी थापा मगर, नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ बागमती प्रदेशका अध्यक्ष लाल बहादुर थापा मगर, नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ बागमती प्रदेशका सचिब दिपक थापा मगर, नेपाल मगर सास्कृतिक संघ बागमती प्रदेशका अध्यक्ष बलबिक्रम थापा मगर, नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघ चितवनका अध्यक्ष याम बहादुर थापा मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती चितवनका सदस्य देउकुमार थापामगर, नेपाल मगर सास्कृतिक संघ जिल्ला समिती चितवनका सचिब निस्चल थापा मगर साथै चितवन मगर समुदाय ग्रुपको सहभागिता थियो । कार्यक्रम संचालकको रुपमा नेपाल मगर सास्कृतिक संघ जिल्ला समिती चितवनका सह सचिब मुना लम्तरी मगर हुनुहुन्थ्यो ।

८ माघ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको