टोप बहादुर डाँगीलाई विप्लव नेकपा गंगादेवले गर्यो निष्कासन


माघ ८, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी रोल्पाले गाउँ कमिटी सदस्यलाई कारवाही गरेको छ ।

विहिबार इन्चार्ज किरणले एक विज्ञप्ति जारी गर्दै गाउँ कमिटी सदस्य टोप बहादुर डाँगी ‘टिम’लाई साधारण सदस्य समेत नरहनेगरि निलम्बन गरेको जानकारी गराएका हुन् ।

नेकपाले पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको भन्दै गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको जनाएको छ ।

जिल्ला कमिटी सदस्य रहेका डाँगीलाई आर्थिक तथा साँस्कृतिक अराजक गरेको भन्दै यस अघिनै निलम्बन गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले डाँगीलाई थप अनुसन्धान गरि कडा कारबाही गरिने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

हेर्नुस विज्ञप्ति

हाम्रो महान गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी देशको विद्यमान दलाल व्यवस्थाका बिरुद्द कठोर संघर्ष गरिरहेको छ । दलाल सामन्तहरुको बिरुद्द लडीरहदा पार्टी भित्रकै अवसरबादी अराजक तत्वको बिरुद्द पनि निर्मम संघर्ष गरिरहेको छ ।

यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सदस्य टोप बहादुर डाँगी ‘टिम’ले आर्थिक तथा साँस्कृतिक अराजकता मच्चाएपछि जिल्ला कमिटी रोल्पाले यसअधि नै निलम्बन गरेको सबैलाई सर्बबिदितै छ ।

पार्टीको निर्देशन बिनै चन्दा असुली हिनामिना गर्ने, स्थानीय प्रहरी प्रशासन संग भिडन्त भएको र आफुलाई खुट्टामा गोली समेत लागेको जस्तो अफबाह फैलाउँदै भ्रम पार्न खोज्ने र साँस्कृतिक अराजक क्रियाकलापमा समेत सरिक भएको हुँदा नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटी सदस्य डाँगीलाई साधारण सदस्यमा समेत नरहनेगरि निलम्बन गरिएको यसै बिज्ञप्ति मार्फत सबैमा सहर्ष जानकारी गराउँद छौ ।

नेपाल कम्युनिष्ट पार्टीको नाममा थुप्रै आर्थिक हिनामिना गरेकोले टोप बहादुर डाँगीलाई थप अनुसन्धानगरि कडा कारबाही गरिने बेहोरा समेत जानकारी गराउँद छौ।

८ माघ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको