असोज ४, दाङ । तुलसीपुरका राजन भनिने सुनिल पुरी पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४१ बर्षीय पुरीका बिरुद्ध अदालतले तीन बर्ष नौं महिना तीन दिन कैद सजाए तोकेको छ ।
सर्बोच्च अदालतले आगु औषध मुद्दामा दोषी ठहर गर्दै पुरी बिरुद्ध २०७४ साल मंसिर १९ गते उक्त कैद फैसला सुनाए पछि उनी फरार रहँदै आएका थिए ।
दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले असोज १ गते तुलसीपुर ५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका गिरीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशले तोकिएको सजाए भुक्तानीका लागि कारागार चलान गरिएको प्रबक्ता रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस