विना अनुमित भिडियो खिचेको आरोपमा ४ युट्युबर र टिक्टकर पक्राउ

फाइल तस्बीर

भदौ ४, काठमाडौँ । झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् ।

एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो  खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने प्रहरीले जानेको छ । १ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

४ भाद्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको