दाङमा वन मुद्दाका चार फरार प्रतिवादी पक्राउ


साउन ५, दाङ । वन मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ७ राताकासका ४५ वर्षीय निमप्रसाद विक, ६३ वर्षीय धनबहादुर विक, ६२ वर्षीया राधा विक र ३४ वर्षीया ताराकुमारी पुन पक्राउ परेका हुन्।

दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरूविरूद्ध दाङ देउखुरी जिल्ला अदालतको २०७५/१०/१६ गतेको फैसलाले ७१ हजार पाँच सय २१ रूपैयाँ जरिवाना तोकेको थियो।

डिएसपी रिजालका अनुसार उनीहरूलाई राताकास गाउँबाट सोमबार बेलुका पक्राउ गरिएको हो। प्रहरीले मंगलबार उनीहरूलाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

 

५ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको