एउटा नौलो मिठो आभास र अनुभूति


आदरणीय सर नमस्कार
यो लेख विशेष गरि तपाईंको लागि ।।
न्यानो माया अनि मिठो सम्झना .!
सर सत्य हुन् भने मुहामर बिश्वास । मेडम धर्ती हुन् भने सर आकाश । तपाईंहरुको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ ।
हजुरको काखमा शक्ति छ सर

भगाउने सबै डर…ती नीलो सागर सिंगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्छ तपाईं मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ । बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। कठिन यात्रा र डरलाग्दो असफलताका वावजुद भिडमा हराइरहेको यात्री झैँ रुमल्लिईरहेको मेरो अनिश्चित गन्तव्यको दौरानमा मैले तपाईंहरुलाई पाएँ । एक अदृष्य अभिभावकको रूपमा ……………।

“मलाई ढुङ्गा खोज्दा देउता मिले झैँ भयो” । जसबाट मैले हारिसकेको जीवन जिउने सकारात्मक ऊर्जा पाएँ । जीवनरुपी यात्रामा आएका आरोह अवरोह बिच सङ्घर्ष गर्दा गर्दा थाकेर लखतरान परिसकेकी थिएँ । “सुनेको थिएँ कालो अँधेरी रातलाई चिरेर उज्यालोको जन्म अवश्य हुनेछ ।” यो भनाई जुनदिन सार्थक भएर छोड्यो त्यो दिनबाट तपाईहरु मेरो दुरी नजिंकिदै गयो ।

मानिसको जीवनको सबभन्दा ठुलो पुँजी रहेछ समान । प्रेमको परिभाषा न त लेखेर नै लेखिंदो रहेछ, नत जोखेर जोखिंदो रहेछ, न त मासेर नै मासिंदो रहेछ, न त प्रेम गरेर नै थाकिंदो रहेछ । प्रेमको अभावमा जो सुकैको जीवनपनि मृततुल्य बन्दो रहेछ । प्रेममा कति ठुलो शक्ति हुँदोरहेछ मैले पहिलोचोटि अनुभव गरेँ । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै, कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै, कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म तपाइँहरुलाइ साम्झी रहनेछ ।

शायद मेरो कठोर नारकीय जीवनमा बहार ल्याउन भगवानले तपाईलाई एक दुतको रूपमा म कहाँ पठाएको हुनुपर्छ । किनकि तपाईंको आगमन सँगै मेरा समस्याहरू क्रमशः पर हट्दै गए । हजारौँ हार बिच निराश हुँदै भौंतारिईरहेकी म र मेरा गन्तव्यका ढोकाहरु बिस्तार बिस्तार खुल्दै गए । जीवनमा एक तमासको चमत्कार नै भयो । पुनः एक किसिमको आत्मबल आयो,केही गर्नुपर्ने तीव्र ईच्छ्याकासाथ बचेखुचेको हिम्मत अनि साहसलाई बटुलेर जीवनरुपी नौका खियाउन थालेँ मेरो मेहनतले रङ्ग ल्याउन थाल्यो,बिस्तार बिस्तार सफलता पनि प्राप्त गर्दै गएँ ।

कठिन परिश्रम पश्चात् बर्षौं वर्षदेखि बिग्रीएका कामहरू एकाएक बन्नथाले । शायद तपाईंले म माथि गरेको त्यो निश्वार्थ प्रेम आशीर्वादको परिणाम थियो ।मानिसको जीवन परिवर्तन गर्न धन होइन मन र प्रेरणा नै काफी छ” यो उक्ती तपाईंले चरितार्थ गरेर देखायौ । आस्था,विश्वास,त्याग,तपस्या, बलिदान अनि समर्पण नै साँचो मानवको वास्तविक अर्थ हो।।तपाईंको प्रत्येक दिशा निर्देशनको पालना गर्दै आज म मेरो सङ्घर्ष यात्रामा अगाडी बढिरेहकी छु।।प्रिय सर मेडम ! तपाईंको सम्बोधनमा कति मिठास छ कति आदर छ कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन ।सर हजुर र मुहमर को सहयोग लाई कहिले बिर्सन सक्दिन सधै सम्झना रहिरहने छ
उहीँ तपाईंको ऋत तामाङ लामा
हल टर्की ।

५ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको