ज्वाला संग्रौलासहित तीन जना पक्राउ


असा र६, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला (टीका संग्रौला) सहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

 

६ असार २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको