मगर संसार फोटो ग्यालरी ग्रुपको पहलमा संकलन भएको १ लाख, ६ हजार ६ सय ५० रुपैंया सहयोग रकम नवलपुर जिल्ला हुप्सेकोट -३ का चिनमाया राना मगरलाई आज २०७८ बैशाख ७ गते एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ ।
सहयोग रकम हस्तांतरण कार्यक्रममा हुप्सेकोट गा.पा -३ का वडा अध्यक्ष छविलाल मिधुन मगर, मगर संघ हुप्सेकोटका सचिव मनु फालमगर, मगर चलचित्र कर्मी संघ जिल्ला अध्यक्ष चेतन रजाली मगर लगायत बुद्धिजीवीहरुको उपस्थितिमा मगर संसारका एडमिन विष्णु ढेंगा मगरले सो रकम बिरामीको घरमै पुगी बिरामीलाई हस्तान्तरण गरेको छ । चिनमाया राना मगर कलेजो तथा पिसाबको समस्याको कारण लामो समय देखी बिरामी रहँदै आउनुभएको थियो ।
मगर संसारलाई माध्यम बनाई एडमीनहरुको सहकार्यमा एक हप्तासम्म अपिल गरी सो रकम संकलन गर्न सफल भएको अभियान्ता तथा मगर संसारका संस्थापक /अध्यक्ष अनिल लामिछाने मगरले बताउनुभयो ।
यो मगर संसारको ६२औं सहयोग हो ।
सहयोग गर्नुहुने दाताहरुको नामावली यसप्रकार रहेको छ-
कोरिया बाट मात्र संकलन रकम कोरियन वोनमा:
१) नेत्र सोराली मगर – ओखलढुङ्गा ,लिखू हाल कोरिया 20,000/- won
२) केदार पाङ्मी मगर – मोरङ,मेग्लाजुङ-८, हाल कोरिया 50,000/- won
३) याम पुर्जा पुन मगर – अन्नपूर्ण-४,म्याग्दी हाल कोरिया 25,000/- won
४) तंक खराल – नवलपरासी भूमहि हाल कोरिया 25,000/- won
५) बिष्णु चिदी मगर – तानसेन-८,पाल्पा हाल कोरिया 30,000 /- won
६) मीना थापा मगर – भैरहवा रूपनदेही हाल कोरिया 25,000/- won
७) थम प्रकाश घर्ती मगर – बागलुङ ढोरपातन हाल कोरिया 25,000/- won
८) नरेन्द्र पुर्जा मगर – म्याग्दी, राम्चे हाल कोरिया 55,000/- won
९) तारा थापा सारू मगर – पाल्पा माथागढ़ी हाल कोरिया 30,000/- won
१०) कृष्ण दिसुवा मगर – तानसेन -८,पाल्पा हाल कोरिया 40,000/- won
११) रबिन थापा मगर – सिन्धुपालचोक मेलम्चि हाल कोरिया 50,000/- won
नेपालमा जम्मा भएको सहयोग रकम:
१) रोशनी पून र छबिलाल पुन(परिवार) -अन्नपूर्ण-६,म्याग्दी रू.५,०००/-
२) विशाल सोती मगर – नवलपुर हुपसिकोट -२ रू.३,०००/-
३) अनिता थापा – देवदह-४, रूपनदेही रू.४०५/-
४) पुष्पा पुन मगर – म्याग्दी ,हिस्तान औला हाल u.k रू.१६,२२२/-
५) राजेन्द्र रोका मगर – स्वर्गद्वारी -९,लापे प्यूठान हाल इण्डिया रू.२,०००/-
६) दिलमाया पुन मगर – म्याग्दी अन्नपूर्ण-नारच्याङग् रू.५,०००/-
७) निशा मगर – पूर्व धरान हाल हङ्कङ रू.५,०००/-
८) खेम गाहा मगर(दाजु भाई मोबाइल तथा फोटो स्टूडियो) नवलपुर ,हुपसिकोट -४,झ्यालबास रू.२,०००/-
९) बम ब.पून मगर – बागलुङ रू.३,०२४/-
१०) आनन्द रिखाल मगर – रामेछाप रा.न.पा-४ हिमगंगा हाल ktm रू.१,००५/-
११) आशा पुन मगर र मुना जुग्जाली मगर – म्याग्दी हाल अस्ट्रेलिया रू.५,४५९/-
१२) अस्मित आले मगर – गोरखा गा पा ५ ,रू.१,५५०/-
१३) भिक्खु विसारद – अंतरराष्ट्रीय बुद्ध परियत्ति उदय बिहार शंकनगर रूपनदेही रू.५,०००/-
१४ ) सुदर्शन राना मगर – पर्सा ,ठोरी -५,सुवर्णपुर हाल कुबेट रू.५,०००/-
१५) विजया पुन मगर – बुटवल रू.२,५००/-
१६) युक्ता थापा मगर – स्याङ्जा वालीङ -९, रू.५,१०१/-
नेपालमा जम्मा रू.६७,३६६ /- मात्र
नेपाल र कोरियावाट १ लाख, ६ हजार ६ सय ५० रुपैंया रकम उठेको थियो ।
मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, अजिशा मगर र प्रदीप घर्ती मगर हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस