काठमाडौंमा पालना गर्नुपर्ने १३ बुँदे निर्देशन जारी, नगरे कारबाही हुने

फाइल तस्बिर

बैशाख ७, काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १३ बुँदे निर्देशन जारी गरेको छ।

मंगलबार जारी निर्देशनमा शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म सबै वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ।

सार्वजनिक सवारीसाधनमा स्वाथ्य मापदण्ड पालना गर्न, २५ जना भन्दा बढी भेला नहुन तथा मठमन्दिरमा पूजा/प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिइएको छ।

१३ बुँदामा उल्लेख आदेशको अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

विस्तृत जानकारी तलको सूचनामा 

७ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको