एमाले केन्द्रीय कमिटी बैठक आज

महाधिवेशन आयोजक कमिटी बनाउने


चैत ७, काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ। शनिबार बिहान ११ बजे बस्ने १२ औँ केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ।

केन्द्रीय कमिटी बैठक अगाडि नेकपा एमालेको संसदीय दल बैठक पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०:३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव रिजालले बताए।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ। यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो। -रासस

७ चैत्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको