पोष्टपाटी, साउदी ।
नेपाली जनप्रगतिशील मोर्चा, मध्यपूर्बले २६ जनयुद्ध दिवस मनाएको छ । अनलाइन भर्चुअल जुम मार्फत भएको कार्यक्रममा आठ देशका मोर्चाहरुका प्रतिनिधिहरु उपस्थिति जनाएका थिए । नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको निमन्त्रणामा युएई, साउदी, कतार, कुबेत, बहराइन, मलेसिया, जापान, कोरिया मोर्चा र नेपालबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मध्यपूर्व मोर्चाका संयोजक बेद बोहरा सभापति रहेको अनलाइन भर्चुअल जुम कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वका सल्लाहकार संयोजक तिर्थ पाख्रीन थिए भने बिशेष अतिथिको रुपमा मोर्चाको मध्यपूर्व सल्लाहकार साजन गुरुङ, सल्लाहकार शमर खत्री थिए । त्यस्तै अतिथिहरुमा नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष दिनेश शाही, दक्षिण कोरिया मोर्चाका महासचिब शितल बुढा, मलेसिया मोर्चाका अध्यक्ष विजय लामा, बहराइन मोर्चाका महासचिव मिनराज नाथ, साउदी मोर्चाका अध्यक्ष कसम मगर, युएई मोर्चाका अध्यक्ष मनोज काउचा, कुबेत मोर्चाका अध्यक्ष बिकल्प थिए ।
कार्यक्रममा साउदी मोर्चाका अध्यक्ष कसम मगरले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै कतार मोर्चाका महासचिव बिबेक मल्ल, कतार मोर्चाका कोषाध्यक्ष मनमोहन सिङ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अन्तराष्ट्रिय ब्युरो सदस्य तथा सामना परिवार युएईका संयोजक कमलप्रसाद पोख्रेल, कतार मोर्चाका प्रबक्ता राजेन्द्र लिम्बु, पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट दिनेश नेपाल, जापान मोर्चाका अध्यक्ष दिनेश शाही, बहराइन मोर्चाका महासचिब मिनराज नाथ, दक्षिण कोरिया मोर्चाका महासचिब शितल बुढा मगर र शहिद परिवारको तर्फबाट क्रान्ति खनालले मन्तब्य राखेका थिए । त्यस्तै मध्यपूर्व मोर्चाका सल्लाहकार संयोजक तिर्थ पाख्रीन, सल्लाहकार तथा कतार मोर्चाका अध्यक्ष साजन गुरुङ र मध्यपूर्व सल्लाहकार शमर खत्रीले मध्यपूर्व मोर्चा गठनको ऐतिहासिक आबस्यकता माथि जोड दिएर बोलेका थिए । नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व जनयुद्ध दिवसकै दिन पारेर फाल्गुन १ गते गठन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस