साउन ४, काठमाडौँ । झण्डैं दुई वर्ष लामो जेल बसेर फर्केका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वागत गरेका छन् ।
सर्वोच्च अदालतको आदेशमा बाजुरा कारागारबाट नेता आदर्श २० महिना पछि रिहा भएका हुन् । २०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
बाजुराबाट हालै मात्र काठमाडौं फर्केका नेता आदर्शलाई सो पार्टीका महासचिव विप्लवले शनिबार काठमाडौंमा स्वागत गर्दै बधाई समेत दिएका छन ।
यस्तै नेता आदर्शलाई जेलबाट रिहा लगतै नेकपा बाजुराले पनि सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच भव्य स्वागत गरेको थियो ।
कार्यक्रममा पुर्व सभासद, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज डबल बहादुर शाह लगायत नेता, कार्यकर्ता र स्थानीयले आदर्शसहित १२ जना नेता, कार्यकर्तालाई स्वागत गरेका थिए । यता नेकपा अछामले पनि जिल्ला कमिटि बैठकमा काठमाडौँ फर्कन लागेका नेता आदर्शलाई स्वागत गर्दै बधाई समेत दिएको थियो ।
ओली सरकार र विप्लव नेकपाबीच सहमतिपछि प्रतिवन्ध फिर्ता भइसकेपछि धेरैं नेता कार्यकर्ताहरु रिहा भएपनि अझैं दर्जनौं नेता कार्यकर्ता जेलमैं छन् । शुक्रबार मात्र नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओली सुदर्शन पनि सर्बोच्च अदालतको आदेशबाट रिहा भैसकेका छन ।
अझैं नेकपाका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’लगायत कयौं नेता कार्यकर्ता जेलमा रहेका छन् । ती सबैं नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेकपाले नयाँ सरकारसँग आग्रह गरेको छ भने पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुसंगको भेटघाटलाई तिब्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस