दाङ सल्यान सडक चौडा पार्ने काम स्थगित


असार ५, दाङ । राप्ती राजमार्ग अन्र्तगत दाङ सल्यान सडक खण्डमा पर्ने कपुरकोट देखी चोरखोखा सम्मको सडक चौडा पार्ने काम स्थगित भएको छ ।

लगातार बर्षातका कारण पहिरोको जोखिम बढेपछि हाल उक्त सडक चौडा पार्ने काम रोकिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । केहि महिना देखी सडक फराकिलो बनाउन काम भईरहेको थियो ।

तर अहिले बर्षा सुरु भएसंगै काम स्थगित भएको हो । निरन्तरको बर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौँ तीन महिनाको लागि सडक चौडाको काम बन्द गरिएको कार्यालयले बताएको छ ।

सडक स्तरोन्नतीको काम नसकिएपनि सडक डिभिजन कार्यालय दाङले काम रोक्न परिपत्र गरेको छ । पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ ।

५ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको