दाङमा सर्पले डसेर १२ वर्षीया बालिकाको मृत्यु

सांकेतिक फाइल तस्बिर

असार ५, दाङ । दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ।

गढवा गाउँपालिका-७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोराको मृत्यु भएको हो।

शुक्रबार बिहान करिब साढे सात बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो ।

सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई लमहीस्थित अस्पतालमा ल्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको मृतक बालिकाकी आमा सरिता बोहोराले जानकारी दिइन्।

५ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको