गंगादेवमा पिसिआर परिक्षणका लागि १ सय २३ जनाको स्वाव संकलन


जेठ ५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि स्थानीय तहले ‘मास स्क्रिनिङ’ गरेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरु र कोभिड लक्षण देखिएका बिरामीहरुको पीसीआर परीक्षण गर्न मास स्क्रिनिङ गरेको जनाएको छ ।

गाउँपालिकामा रहेका पाखापानी स्वास्थ्य चौकीमा र रांक स्वास्थ्य चौकीमा ४ गते मंगलबार ७३ जनाको स्वाव संकलन भएको छ भने बुधबार जिनाबाङ स्वास्थ्य चौकीमा १६ जना र जिनाबाङकै कुकुरगारेमा ३४ जनाको स्वाव संकलन भएको छ ।

स्थानीय सरकारको पहलमा पिसिआर परिक्षणका लागि सबै १ सय २३ जनाको स्वाव संकलन भएको छ । उक्त पिसिआर रिपोर्ट हप्तादिन भित्र आई पुग्ने गंगादेव गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ती मगरले पोष्टपाटीलाई जानकारी दिए ।

स्थानीय तहले गम्भीर अबस्थाका कोभिड संक्रमितहरुको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर ब्यबस्थापन गरेको छ । हाल ८ वटा अक्सिजन सहित १० बेडको आइसोलेशन सेन्टर ब्यबस्थापन गरेको छ ।

गंगादेवमा हालसम्म कोभिड पोजेटिभहरु ९८ जना भेटिएका छन् भने यस अघि १ सय २ जना व्यक्तिहरुमा पिसिआर परिक्षण गरिएको थियो ।

५ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको