पैसा र राजनीति पहुँच हुनेहरुलाई
तिमी छुदै छुदैनौ ।
गरिखाने गरिबको घरघरमा किन आउँछौ ?
तिमी पनि पक्षपाती भयौ,
कोरोना ! तिमी कस्तो कोरोना ?
कोरोना ! तिमी कस्तो कोरोना ?
गरिबलाई भोकै राख्ने
सरकार र धनिले पेट भरिरहेछ,
भ्रष्टाचार जताजतै घुमिरहेछ,
त्यसलाई किन हेरिमात्र राख्छौ ?
असहायलाई घरबाट निस्किन पनि छुट छैन ।
रोग र भोकले सताउन थाल्यो ।
कोरोना ! तिमी कस्तो कोरोना ?
ठूलो ठूलो सरकारी हलमा केही नहुने
दुखी गरिब माथि कति धाउछौ ?
केही नहुनेका पछि किन धाउछौ ?
उनिहरुको एकमुठी सास मात्रै छ,
त्यो पनि किन लुट्न चाहन्छौ ?
कोरोना ! तिमी कस्तो कोरोना ?
ठुलो भ्रष्ट नेताको पछि नलाग्ने
गरिब देख्दा बाटो किन नछाड्ने ?
कहिल्यै नसोचेको कोरोना
तिमीलाई लेख्दा गरिब दुखीले
न उपचार, न खान, न काम गर्न पाए ।
कोरोना ! तिमी कस्तो कोरोना ?
सरकारबाट अक्सिजनको ब्यबस्था छैन
भोको पेटलाई खाने छैन ।
नेताको दिमागमा सुझबुझ छैन
दया र धर्म छैन,
तिमी पनि उस्तै हौ,
धनीलाई प्राण दिने,
गरिबको सास थुन्ने
कोरोना ! तिमी कस्तो कोरोना ?
सरकार र राजनीति पाटीले बुझेन
गरिबको दुःखमा तिमी त बुझ
शरिरमा लागेको जीवाणुलाई
खरानी बनि बिलाप होइजान
अति गर्यौ,
बिदेशीले पठाएको अक्सिजन
बेच्नेलाई छुन पनि सक्दैनौ,
कोरोना ! तिमी कस्तो कोरोना ?
प्रतिक्रिया दिनुहोस