गरिबको चुल्हो निभाएर
महलको भान्सा बाल्नुपर्छ
देश र जनतालाई रुवाएर
पूँजीवाद, सामन्तवाद बाँच्नुपर्छ
उद्योगपती, धनाढ्यसँग मिल्दै
गरिब ढाडमा दाल दल्नुपर्छ
झोला र झण्डा बोकाएर
चाकरीचाप्लुसी पाल्नुपर्छ
संसदवाद उपलव्धी भएकोले
भत्ताको बिटो आउनेगर्छ
जनताको दिमाग भुटेर
सिंगापुरे लाहुरे बन्नुपर्छ
जनता निराश,
भाइभाइ फुटाई
गुटबन्दील राज गर्नुपर्छ
झुठ, अफवाह, भ्रम फैलाई
देश गुमराहमा पार्नुपर्छ
गरिबी बढाई,
युवा पलायन गराई,
रेमिटेन्स, परियोजना थाप्नुपर्छ
शासक मोटा,
जनता दुब्ला,
भिखारी राज्य चलाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस