जसपाले निलम्बन गर्‍यो मुख्यमन्त्री पोखरेलको सरकारमा मन्त्री भएका चारै जनालाई


वैशाख ६ काठमाडौँ । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री भएका चार जनालाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।

उनीहरूलाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ । जसपाले विज्ञप्ति जारी गरी उनीहरूलाई स्पष्टीकरणको समय दिएको छ। चित्तबुझ्दो जवाफ नआउँदासम्म उनीहरूलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णयसमेत गरिएको विज्ञप्तिमा जनाएको छ।

यसरी स्पष्टीकरण मागिएका र निलम्बन गरिएकामा विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल छन्।

मुख्यमन्त्री पोखरेलविरूद्ध जसपासहितको हस्ताक्षरमा सोमबार नै अविश्वास प्रस्ताव दर्ता गराइएको थियो। अविश्वास दर्ता गर्दा समर्थन गरेको जसपाका ती सांसदले सोमबार नै मुख्यमन्त्री पोखरेलसँग मन्त्री पदको सपथ खाइसकेका छन्।

उनीहरूलाई सरकारबाट फर्किन निर्देशन दिइएको लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोककुमार यादवले जनाएका छन्।

‘सरकारबाट फिर्ता हुन निर्देशन दिँदै २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ, चित्तबुझ्दो जवाफ नआए निजहरूलाई सांसद पद नरहने गरी कारबाहीका लागि सबै कानुनी प्रक्रिया अबलम्वन गर्ने व्यहोरा जानकारी गराइन्छ,’ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुस विज्ञप्ति 

 

६ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको