सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क नलगाउनेलाई १० रुपैयाँ जरीवाना

फाइल तस्बिर

वैशाख ६, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय पनि गरेको छ।

यदि मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन्।

त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको गुरूङले जानकारी दिए।

६ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको