दाङमा कोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको मृत्यु

सांकेतिक फाइल तस्बिर

वैशाख ६, दाङ । कोरोना भाइरस संक्रमणका कारण सोमबार दाङमा कार्यरत एक स्टाफ नर्सको मृत्यु भएको छ ।

राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ की उनले करिब साढे दुई महिना पहिले मात्रै छोरीलाई जन्म दिएकी थिइन्।

तुलसीपुर ६ स्थित माइतीमै सुत्केरी बिदा बसेको समयमा उनलाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार योसहित तुलसीपुरमा कोरोनाका कारण हालसम्म २५ जनाको मृत्यु भइसकेको छ।

वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भएको केसीले जानकारी दिए। सोमबार बिहान साढे १० बजे उपचारका क्रममा उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिएका छन्।

६ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको