मगर संसारको ६१ औं सहयोग, पाल्पाका आगलागी पिडितलाई ९५,१०० रुपैंया सहयोग


बैशाख ६, पाल्पा । पाल्पा जिल्ला माथागढी गाउँपालिका वार्ड नं. ७, ओखरिगौडाका आगलागी पीडित दान बहादुर लम्काहा मगर र अस बहादुर लम्काहा मगरलाई मगर संसार फोटो ग्यालरीले ग्रुपको पहलमा संकलन गरेको पन्चानब्बे हजार एक सय रुपैया रकम हस्तान्तरण गरिएको छ ।

उक्त आर्थिक रकम एक कार्यक्रमका बिच मगर संसार ग्रुपका सक्रिय एडमीनहरु अमिर थापा मगर र अजिशा मगर्नी(निर्मला) द्वारा पाल्पा पुगी सहयोग रकम हस्तान्तरण गरिएको हो । आगलागी भएको २ दिन पछि मगर संसारले आगलागी पीडित दान बहादुर लम्काहा मगरलाई सहयोग गर्न अपिल गरेको थियो । विभिन्न सहयोगी मगरहरुले सहयोग गरेका थिए ।

सहयोग गर्नुहुने सबै सहयोगी प्रति धन्यवाद दिदै मगर संसारका संयोजक अध्यक्ष अनिल लामिछाने मगरले ग्रुपको माध्यमबाट ६१ जनालाई सहयोग गरी सकेको जानकारी दिनु भयो ।

चैत १४ गते शनिबार दिउँसो घरमा ठुला ब्यक्तिहरु नभएको बेलामा केटाकेटीहरुले खेल्ने क्रममा आगलागी भएको थियो । दिउँसो करिब ४:४५ बजे लागेको आगोले दान बहादुर लम्काहा मगरको घर र गोठसंगै अस बहादुर लम्काहा मगरको २ ओटा गोठ जलेर नस्ट भएको थियो । त्यस्तै घरमा भयका सामानहरु ७ मुरि धान, ३ कट्टा चामल, कोदो ४ मुरि र नगद ८/ १० हजार, दराज र दराज भित्रका सामानहरु ब्ल्याङ्केट भाडाकुडाहरु र ८ ओटा बाख्राहरु जलेर नस्ट भयको थियो ।

उक्त आगलागी पीडितलाई मगर लाफा ग्रुपले सहयोग रकम हस्तांतरण गरेको बेला मगर संसारले पनि सँगै हस्तांतरण गरेको हो ।

मगर संसार मार्फत सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली निम्न प्रकार रहेको छ ।

१) रीता पुलामी मगर – स्याङजा हाल अस्ट्रेलिया रू.५,०००/-
२) भीम ब.थापाको छोरा कुशल थापा मगर – पर्बत, सरौँखोला बसाई पोखरा हाल अस्ट्रेलिया रू.५०,०१८/-
३) बिजय थापा मगर – स्याङ्जा कालीगण्डकी हाल कोरिया(जन्मदिनको अवसर पारी) रू.२,५००/-
४) हिकमत पुलामी मगर – बागलूङ हाल युके  रू२,२२२/-

५) डेबिट झेंडी मगर – स्याङजा, वालिङ-७, रू.५,०००/-
६) रूपक राना मगर – नुवाकोट ,सूर्यगड़ी -४,जामुने हाल कुबेट रू.५,०००/-
७)विजया पुन मगर – रूपनदेही,बुटवल -६, रू.२,५००/-

८) याम पुर्जा पुन मगर – म्याग्दी ,अन्नपूर्ण-४ हाल korea रू.३,५००/-
९) नीराजन चुहान मगर – नवलपुर, सर्दी रू.३,३३३/-
१०) अमृत मगर – बुटवल हाल कोरिया रू.५,०००/-
११) सोनू मगरनी ktm – हाल कोरिया रू.२,०००/-

१२) शिल्पा सोमरे मश्राङ्गी मगर – पाल्पा ,रम्भा -१,हाल काठमाडौँ रू.२,०००/-
१३) प्रेम पुन र रुपा लामिछाने मगर छोरी नियाना पुनको जन्मदिनको अवसर पारी – नवलपरासी सुनवल रू.५,०००/-
१४) लिलेन्द्र थापा मगर – बागलुङ ,ढोरपातन हाल कोरिया रू.२,०००/-

 

६ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको