एमाले आफ्नो बनाउन नसके वैधानिक रुपमा छुट्टिने खनाल–नेपाल समूहको योजना

फाइल तस्बिर

बैशाख ६, काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ ।

ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।

निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने खनाल नेपाल समूहको तयारी रहेको छ । यस्तै खनाल नेपाल समूहले बहुमत पदाधिकारी आफ्नो पक्षमा रहेकाले पार्टी सञ्चालनको अधिकारिकता आफूमा रहेको दावी गरेको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

 

६ बैशाख २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको