विप्लव नेकपाको राप्ती ब्युरो पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न [फोटो फिचर]


चैत्र ६, दाङ । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरो आयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा ‘विषम’ रहेका थिए ।

प्रमुख अतिथि रहेका सन्तोष बुढा ‘विषम’ले समसामयिक राजनैतिक बिषयमा पार्टी कार्यकर्तालाई प्रशिक्षित गराएका थिए । उनले प्रतिबन्धलाई जितेर बार्तामा आएको बताउदै बैज्ञानिक समाजवाद आजको आबस्यकता भएको बताएका थिए । उनले भने ‘पुरानो संसदीय ब्यबस्था र बैज्ञानिक समाजवाद बिच जनमत संग्रहको आजको आवस्यकता हो’ ।

राप्ती ब्युरो अन्तर्गतका ८ जिल्लाका सेक्रेटरी र विभिन्न विभागीय संगठनका संयोजकहरुले रिपोर्टिङ्ग गरेका थिए । रिपोर्टिङ्गको क्रममा प्रचण्ड जस्तै संसदीय ब्यबस्थामा नभासिन विप्लबलाई सुजाव समेत दिएका थिए ।

प्रतिबन्धले नेतृत्वलाई गोञ्जालो बनाउन खोजेपनि असफल भएपछी बार्ता र सम्बादद्वारा संसदीय ब्यबस्थामा बिलिन बनाउन प्रतिक्रियावादीहरु लागि परेको भन्दै नेतृत्वहरु सजग रहन खबरदारी गरेका थिए ।

ब्युरो इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’को सभापतित्वमा सम्पन्न कार्यक्रमका अन्य अतिथिहरु केन्द्रिय बिशेष कमिटी सदस्य असिना, शहिद तथा बेपत्ता परिवारका केन्द्रीय अध्यक्ष सुन्दर, धौलागिरी ब्युरो सदस्य तथा पर्वत जिल्ला इन्चार्ज अनन्त, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन र दलित मुक्ति मोर्चाकी केन्द्रीय उपाध्यक्ष सीता विक ‘सम्झना’, अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव प्रकाश शाही, लगायतका अतिथिहरु उपस्थित रहेका थिए ।

दाङको घोराहीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा २ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने उनीहरुका लागी शाकाहारी मेशको ब्यबस्था गरिएको थियो ।

कार्यक्रमलाई डिल्लीराज शर्मा ‘विश्व’ले संचालन गरेका थिए भने ब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज बिक्रमले स्वागत मन्तब्य दिएका थिए ।

हेर्नुहोस कार्यक्रमका झलकहरु:

६ चैत्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको