ब्रूनाई मगर संघद्वारा मगर भाषा अनलाइन क्लासको लागि १ लाख रुपैयाँ मगर संसारलाई हस्तान्तरण


पोष्टपाटी, काठमान्डौ ।
मगर संसार फोटो ग्यालरी ग्रुप भित्र २०७७ पूस १ गते देखी सुरु भएको मगर भाषा (ढूट र खाम) अनलाइन क्लासको लागि “ब्रुनाई मगर संघ” ले एक लाख नेपाली रुपैंया सहयोग गरेको छ ।

संकलित सहयोग रकम ब्रुनाई मगर संघको सम्माननिय सल्लाहकार WO1 पुर्ण बहादुर पुनमगरले देवदह – ७, सितलनगर, रूपनदेहीमा मगर संसार फोटो ग्यालरीले मौलिक लोक नृत्य प्रतियोगिता २०७७ को पुरस्कार हस्तांतरण कार्यक्रममा प्रत्यक्ष मगर संसार फोटो ग्यालरीका एडमिनहरुलाई भेटेर सो रकम हस्तान्तरण गरेका थिए । भाषा क्लासको सम्पूर्ण सहयोग रकम मगर संसारका संस्थापक अनिल लामीछाने मगरले जम्मा गरेकोले सो रकम एडमिन द्वारा अनिलको बाबा आमाको हातमा हस्तान्तरण गरिएको छ ।

मगर भाषा अनलाइन कक्षाले मगर समुदायलाई आफ्नो भाषा प्रति जागरण ल्याउने कुरामा आफु बिश्वस्त रहेको संस्थापक अनिल मगरले बताए । सहयोगी मनहरुलाई हृदयदेखि धन्यबाद दिंदै आगामी दिनहरुमा पनि यस्तै सरसहयोगको अपेक्षा राखेको मगरले बताए । सहयोग प्राप्त गरे लगत्तै मगर संसार एडमिन समिति परिवारले ब्रुनाई मगर संघ प्रति कृतज्ञता ब्यक्त गरेको छ । भाषा कक्षाको लागि आएको सहयोग रकम प्रशिक्षकहरुलाई पारिश्रमिक दिएर बचेको खण्डमा गरीब बिरामिलाई सहयोग गरिने भएको छ । भाषा अनलाइन क्लास मगर संसार ग्रुप भित्र फेसबुक लाइभ मार्फत हरेक दिन बेलूकी ७ बजे देखी ८ र ८ बजे देखी ९ बजे सम्म चलिरहेको छ ।

७ फाल्गुन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको