तेजेन्द्र खाम र गजेन्द्र ओलीले भने- ‘आफुहरुलाई फसाउन खोजियो’


पोष्टपाटी रुकुम पुर्ब ।
नेपाली कंग्रेस रुकुम पुर्बका उपसभापति जितेन्द्र बुढा ‘तेजेन्द्र खाम’ र रुकुम पूर्व जिल्ला समन्वय समिति सभापति गजेन्द्र ओली ‘कैलाश’ ले आफुहरु निर्दोष रहेको बताउनु भएको छ । खाम र ओली सहित पाँच जना जुवाको खालबाट पक्राउ परेको समाचार बाहिर आएको थियो । जितेन्द्र बुढा ‘तेजेन्द्र खाम’  र गजेन्द्र ओली ‘कैलाश’ ले आफ्नो फेसबुक वालमा लेख्दै आफुहरु निर्दोष रहेको बताउनु भएको हो ।

प्रेस काउन्सिलको दर्ता नम्वर र मिडियाको कार्यालय ठेगाना उल्लेख नगरिएको www.lumbinivoice.com ले तेजेन्द्र खामलाई मुख्य केन्द्र बनाएर समाचार लेखेको थियो । खामले आफू नेपाली कांग्रेसमा लागेकैले नेकपा निकट मानिने लुम्बिनी भ्वाइस नामको मिडियाले आफ्नो चरीत्र हत्या गरेको  पोष्टपाटीसंग बताउनु भयो । माओवादी जनयुद्धमा होमिएका खाम केही समय अघि मात्रै नेपाली कंग्रेसमा प्रबेश गर्नुभएको थियो ।

तर तास र केही नगद सहित मिडियामा फोटो प्रकाशित भएको थियो नि भनेर पोष्टपाटीले सोधेको प्रश्नमा उहाँले भन्नुभयो- ‘गाडी ढिलो जाने भएपछी पातुखोलास्थित भरत घर्ती मगरको घरमा खाजा खान भनेर गएका थियौं, त्यहाँ ३ जनाले तास खेलिरहेका थिए । हामी ढोकामै पुगेका मात्रै थियौं, आधा युनिफर्ममा, आधा साधा पोशाकमा आएका पुलिसहरुले धेकलेर कोठा भित्र पुर्याए । यात्राको मान्छे कहाँ तास खेली बस्छ  ? हामी त झोला बोकेर यात्राको तयारीमै थियौं नि । कसैले  फसाउने नियत राखे, समाचार लेख्नेले राजनैतिक आस्थाकै आधारमा मेरो नाम हाइलाइट गरेर चरित्र हत्या गर्ने किसिमले लेखे । खासमा कैलाश र मेरो कुनै दोष छैन ।’

Lumbinivoice को दर्ता नम्वर र कार्यालय ठेगाना छैन ।

तेजेन्द्र खाम मगरको वालमा पोष्ट भएको स्ट्याटस यस्तो छ-
भर्खरै उत्पन्न केही भ्रमहरु र बास्तबिकता:
प्रिय भाइ, म ने. का. को कार्याकर्ता भएको हुँदा पार्टीले रुकुम पुर्ब, पुथाउतरगँगा गा. पा. मा माघ ३ गतेको बिरोध कार्यक्रममा खताएको थियो ।

२ गते बिहान उक्त कार्यक्रममा जान भनि बिहान ६:३० बजे नै काउन्टरमा गई टिकट काटेँ । यातायात समिति र प्रशासन बिच भाडादरमा बिबाद भएको कारणलेगाडी नचल्ने जानकारी काउन्टरले दियो र काटेको टिकटको पैसा पनि फिर्ता गरे ७ बजे तिर ।

त्यसपछि हाम्रो पार्टीकै तरुण बिभाग सदस्य नन्दबहादुर बिष्ट जीले रुकुम पुर्बका जिल्ला सँयोजन समितिका प्रमुख गँजबहादुर ओली कैलास जाँदैहुनुहुन्छ । उहाँसँग जाँदा राम्रो हुन्छ दाइ भन्नू भयो ।

खोज्दै जाँदा कैलास जी सँग भेट भयो ।
कैलास जी एक जना सर पनि जाने भन्दैछन मामा उहाँलाई पनि लिएर जाउ भन्नू भयो । दुबै जनाले खोज्दै गयौं र भेट्यौं । कोठा भित्र पस्ने बितिकै प्रहरीहरु आएर गिरफ्तार गरि लगे । सत्य कुरा यहि हो ।

गजेन्द्र ओली ‘कैलाश’ को वालमा पोष्ट भएको स्ट्याटसः
मिति २०७७ साल माघ २ गते का दिन दिउसो करिब ३ बजेको समयमा जुवाखेलबाट रंगे हात पक्राउ लगायत विभिन्न शीर्षक राखेर म संग संम्वन्धीत सामाचार फेशबुक तथा मिडियामा पोष्ट भएको मा मेरो गम्भीर ध्यानकनर्षण भएको छ ।

यसरी पोष्ट गरिएको सामाचारले पार्टी संगठन पार्टीको नेतृत्व पार्टी पंती लगायत आमसमुदायमा पर्न गएको भ्रम र वास्तविकता लेख्न चाहन्छु ।

माघी पर्वको भोली पल्ट माघ २ गते भुकम्प दिवस रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राई ज्यूले कार्याक्रममा उपस्थीतिको लागि म्यासेज गर्नु भएको थियो सोही कार्यक्रममा उपस्थीतिको लागि बिहानै रूकुमकोट जानलाई तयारी अबस्थामा बसे तर यातायात भाडा कम भएको भन्दै यातायात व्यबसायी बाट कुनै पनि यातायातका साधन चल्न दिएनन् गाडी नचले पछि उक्त कार्यक्रममा सहभागी हुन सक्ने अबस्था रहेन ।

हाम्रो कार्यालयको गाडी दाङ बाट रूकुमकोटका लागि आउदै गरेकोले अफिसकै गाडीमा रूकुमकोट जाने सोच बनाए ।

बिहान खाना खाएर एक छिन जंगी आईरन गई फर्किदै गर्दा तेजेन्द्र खाम र लिला पुन संग भेट भयो उहाँहरू दुबैजनाले हामीलाई पनि लिएर जानुहोला भनेपछि हुन्छ भनेर म दुरसंचार कार्यालय गय त्यहाँबाट फर्के पछि दाङ बाटआउने गाडी ढिला गर्ने बुझे पछि अर्काे गाडीको व्यबस्था गरि तेजेन्द्र र लिला दुबै जना लाई फोन गरे तर लिलाको फोन उठेन एक छिन पछि तेजेन्द्र संग भेट भयो फेरि पनि लिला लाई गरै उठेन फोन नउठेपछि लिलालाई बोलाउन भरत घर्तिको घर गयौं त्यहाँ तीन जना बसेर तास खेल्दै रहेछन । हामी त्यहाँ पुगेर ढोका खोल्न भनेर बाहिर बाट बोलायौं ढोका खोल्ना साथ हामी ढोकामा पुगेका मात्र के थियौ एक्कासी केही साधा पोसाकमा र केही यूनिफम मा प्रहरी आएर हामी सबैलाई ढोका भित्र धकेल्दै भित्र लगियो बिना पुर्जा शरीर खानतलास गरियो गोजीमा भएका नगद, मोबाइल सिज गरियो हाम्रा कुरा राख्न दिइएन जुवा खेल्ने मनसायले आएका हौ भन्दै रूखो बोली फरक व्यवहार देखाउदै आतंकित बनाएर फोटो खिची जिल्ला प्रहरी कार्यालय लगीयो । पत्रकार सम्मेलन नै नगरी फोटो पोष्ट गरियो । हामीलाई थुनुवा पुर्जी थमाउदै हिरासतमा राखी अनुसन्धान थालियो डि. एस. पी नभएको कारणले अलि लामो समय हिरासतमा बस्नु पर्ने अवस्था आयो प्रहरी अनुसन्धान पछि जिल्ला प्रशासन कार्यालयबाट हामीलाई रिहा गरियो ।

यस अवधिमा हामीलाई सहानुभुती दिनुहुने र भेटघाट गर्नुहुने जनप्रतिनिधि राजनैतिक दलका साथीहरू शुभ चिन्तक र आफन्तजन प्रति आभार व्यक्त गर्दछु ।

पोष्ट भएका समाचार प्रति सुझाव सहित सकारात्मक कमेन्ट गर्नुहुने सबै साथीहरूका सुझाव लाई आत्मसाथ गर्ने प्रतिवध्दता गर्दै धन्यवाद भन्न चहान्छु ।

तिललाई पहाड बनाएर नागरिक अधिकारको हनन हुने गरि सामाचार लेख्ने मिडिया कर्मी मित्रहरूलाई विशेष धन्यवाद भन्न चहान्छु ।

हामीलाई सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला न्यायधिवक्ताको कार्यालय प्रति आभार व्यक्त गर्दछु ।

अर्काे कुरा म तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा सिफारीस भएको हु अहिले नेपाल कम्यूनिष्ट पार्टी नेकपा को कार्यकर्ताको हैसियतले म संग जोडिएको घटनाले पार्टी संगठनमा पर्न गएको नकारात्मक प्रभावका बिषयमा पार्टी संगठनले सोच्ने र पार्टीको निर्णय पूर्णत पालना गर्ने प्रतिवध्दता गर्दछु । साथै यस घटनाको बिषयमा व्यक्ति व्यक्तिले प्रश्न सोध्ने र मैले उत्तर दिदै जाने अबस्था नआओस भनी यी कुरा पोष्ट गर्न गएको छु ।

मलाई अति आवश्यक कामले सम्पर्क गर्नपरेमा ०८८(५३००८५ ०८८(५३००८६ वा ९८६६९०४८०५ मा सम्पर्क गर्नुहोला ।

६ माघ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको