माघ ६, रोल्पा । रोल्पामा हरिण भनेर हानिएको गो ली लागेर एक महिला गम्भीर घाईते भएकी छिन् ।
रोल्पा नगरपालिका वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुन घाइते भएको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए । हिजो बेलुकी वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी पुनमाथी स्थानीय हस्तबहादुर पुनले गो ली हानेका थिए ।
बनबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर आफूले बन्दुक हानेको पुनले बताएको सुवेदीले जानकारी दिए । उनको टाउकोमा गो ली लागेको छ । गम्भीर घाईते पुनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रेफर गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।
गोली हान्ने पुनलाई प्रहरीले प क्राउ गरेको छ । पक्राउ परेका पुनले हरिणले गहुँबाली खाएर स्वाहा पार्न थालेपछि हरिण मार्न भनेर आफू बथाना बसेको र घाँसको भारी बोकेकी महिला आउँदा बेलुकी पख हरिण ठानेर गोली चलाएको भन्ने बयान प्रहरी समक्ष बयान दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस