गंगादेब गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी शालिकराम बस्नेतलाई


पुस ६, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा अधिकृत (छैटौ तह) तर्फको कर्मचारीलाई आर्थिक अधिकार सहितको नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी तोकिएको छ ।

संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको माघ ५ गते पठाएको पत्र अनुसार सामान्य प्रशासन तर्फ अधिकृत (छैटौ तह) का शालिकराम बस्नेतलाइ प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि आर्थिक अधिकार सहितको जिम्मेवारी तोकिएको हो ।

निमित्त प्रशासकीय अधिकृत यादव गएको मंसिर १८ गते देखि सम्पर्क बिहिन भएका हुन् । उनि आफ्नो व्यक्तिगत कामका लागि बिदा मिलाएर घर गएका थिए । तर सकलदेव यादवको मोबाइल भने हालसम्म स्विच अफ रहेको छ ।

जसले गर्दा कार्य सम्पादनमा समस्या भएको थियो । प्रशासकीय अधिकृत लामो समयसम्म कार्यालयमा नहुँदा पालिकाको कार्य सम्पादनमा समस्या उत्पन्न भएको थियो । आर्थिक कारोबार पूर्ण रुपले ठप्प भएका थिए भने योजना भुक्तानीमा समेत समस्या भएको थियो ।

जसले गर्दा स्थानीय सरकारको मिडिया र सामाजिक संजालमा आलोचना तिब्र हुँदै गएको थियो ।

पालिकाको कार्य सम्पादनमा समस्या देखिएपछी पुस १९ गते बसेको कार्यपालिकाको बैठकद्वारा सकलदेव यादबलाई निमित्त प्रशासकीय अधिकृतबाट बर्खास्तगरि शाखा अधिकृत सालिकराम बस्नेतलाई निमित्त प्रशासकीय अधिकृतमा जिम्मेवारी तोकेर सामान्य प्रशासन मन्त्रालयमा सिफारिसका लागि पत्राचार गरेको थियो । सोहि पत्रअनुसार नै संघिय मामिला तथा सम्मान्य प्रसासन मन्त्रालयले आर्थिक अधिकार सहितको जिम्मेवारी तोकेर पत्र पठाएको हो ।

यसअघिका निमित्त प्रशासकीय अधिकृत गणेश पुन दुर्घटनामापरि मृत्यु भएपछी स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका सकलदेव यादवलाई जेष्ठताको आधारमा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । प्राबिधिक तर्फको कर्मचारीलाई नि प्रमुख प्रशासकिय अधिकृतको सिफारिस गरेकोमा गाउँपालिकाको आलोचना समेत भएको थियो ।

६ माघ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको