भदौ २, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।
बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।
एमाले वागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले उनलाई दलको नेता चयन गरेको एक सांसदले बताए।
एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत छ । एमालेका ५५ जना प्रदेशसभा सदस्यहरु छन्।
वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको तयारी गरेपछि उनलाई कमजोर बनाउने गरी वागमतीमा दलको नेता परिवर्तन गरिएको हो।
एमाले स्रोतले शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बताएको छ। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।
नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।
प्रतिक्रिया दिनुहोस