कुलमान घिसिङ विरुद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

फाइल तस्बीर

भदौ २, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफूलाई प्रमुखमा पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ ।

आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणबिना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन ।

२ भाद्र २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको