एनआरएनए आइसीसीमा मितेरी समाज कतारकी सल्लाहकार भण्डारीको उम्मेद्बारी


असार ४, प्रबास । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी अन्तराष्ट्रिय समन्बय परिषद (आइसीसी) सदस्यमा कतारबाट सरिता भण्डारी पौडेलले उम्मेद्धारी दिएकी छन । भण्डारीले आफ्नो उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्न आफ्नो उम्मेदारी दिएको जिकिर गरेकी छन।

साथै एनसीसीका मुद्धाहरुलाई आइसीसी र सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउन र समाधानका लागि पहल गर्न केन्द्रीत हुने समेत उद्घोष गरेकी छन । उनी एनआरएनए एनसीसी कतारमा स्यांग्जा सहयोग समाज कतारको सदस्य – सल्लाहकार, मितेरी समाज कातारको सदस्य – सल्लाहकार , नेपालि महिला समाज कतार को सदस्य समेत हुन।

विभिन्न सामाजिक संघ-सस्था हरुमा आबद्ध रहदै आएकी उनी सँग २०१९ – २०२१ को एनसीसी कतारको कार्यसमितिमा उपाध्यक्षको जिम्म्मेवारी लिएर कार्य सम्पादन गरेको अनुभब छ । भण्डारीले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतारबासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई आइसीसी सदस्यमा विजयी गराउन आग्रह गर्नु भएको छ ।

NRNA ICC सदस्य उम्मेदवार
सरिता भण्डारी पौडेल
पार्सद संख्या – QA00000020
दोहा कतार।

४ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको