तुलसीपुरको पातुखोला बाढीको उच्च जोखिममा

फाइल तस्बिर

असार ४, दाङ ।  एक सातादेखिको अविरल वर्षाका कारण धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती र बजार समेत डुबानमा परेका छन्। सडक, पुलपुलेसा बगेका छन् । यस्तै बाढी र पहिरोको उच्च जोखिममा दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको पातुखोला क्षेत्र पनि रहेको छ। राष्ट्रियस्तरमा सबैभन्दा बढी जोखिम क्षेत्रको रुपमा मानिएको तुलसीपुरको पातुखोला क्षेत्र अहिले पनि उच्च जोखिममा रहेको छ ।

लामो समयदेखि खोलाकै रुपमा बगेको उक्त क्षेत्र नेपालमा चलेको सशस्त्र द्वन्द्वको समयदेखि मानवीय अतिक्रमणमा परेको थियो । झण्डै १८/२० वर्षको अवधिका खोला- कुलोमा परिणत भएको छ । बगर बजार र बस्तीमा परिणत भएको छ ।

पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले पूर्णरुपमा बस्तीको रुपमा विकास भएपछि यो क्षेत्र उच्च जोखिममा परेको हो। मानवीय लापरवाहीका कारण अहिले यो क्षेत्र उच्च जोखिममा रहेको र यसका लागि सरकारले सुरक्षाको उपायहरु खोजिरहेको तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकालले बताए ।

संरक्षणका लागि तीनै तहका सरकार जुटेको भएपनि त्यो प्रयाप्त नभएको उनले बताए । बाढीले विगतमा पुर्‍याएको क्षति हेर्दा भविष्यमा यसबाट ठूलै क्षति हुने स्थानीयको आंकलन छ।प्रकृतिलाई मानव जातीले नै चुनौति दिइरहेकाले कालान्तरमा खोलाले आफ्नो लय समात्ने ठूलो जोखिम रहको स्थानीय नारायण भण्डारीले बताए । उनले विपतका नाममा त्यहि क्षेत्रमा राज्यले पछि राहतको नाममा थुप्रै बजेट समेत खर्च गर्नुपर्ने अवस्था रहने भन्दै त्यो अवस्था आउन नदिन समयमा नै सोच्नुपर्ने बताए । यसमा अहिले नै सहज भएमा सबै सुरक्षित हुने तर्क उनले गरे ।

पातुखोलाको सिरान सल्यानको कपुरकोट क्षेत्र हो । त्यो क्षेत्र केहि वर्षदेखि दलदल क्षेत्र बनेकाले पहिरोको समेत उच्च जोखिम रहेको र पहिरो खस्न वित्तिकै त्यसको असर तुलसीपुर क्षेत्रमा पर्ने र पातुखोला क्षेत्र पूर्णरुपमा प्रभावित रहने अवस्था छ । पातुखोला क्षेत्रमा मात्रै हजारै घरहरु निर्माण गरिएका छन् भने,दशौं हजार मानिसक बसोबास गर्दै आएका छन् ।

स्थानीय पदम केसीले पातुखोला संरक्षणका लागि तटबन्धहरु निर्माण भइरहेको भएपनि जोखिम भने कम नभएको बताए । उनले बगरको बस्ती र बजार भएकाले जुनकुनै समयमा पनि समस्या आउन सक्ने उल्लेख गरे ।

तुलसीपुर उपमहानगरनगरपालिका १ राम्रीको फेदिबाट उरहरीको सुकौरा बबईसम्ममा पर्ने पातुखोलाको रेड क्षेत्र पहिचान र खोजि गर्न यसअघि काम सुरु भएको छ। यसका साथै भविष्यमा हुने क्षतिको विषयमा अध्ययन अनुसन्धान समेत भइरहेको छ। समयमा सजक नभए पातुखोलबाट ठूलो क्षति नहोला भन्न सकिन्न। यो खबर अन्नपुर्ण पोष्टमा गोपाल शर्माले लेखेका छन् ।

४ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको