बुटवलबाट आयो दाङमा एउटा मन्त्रालय

फाइल तस्बिर

असार ४, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा स्थापना गर्ने निर्णय भएको ९ महिना पुग्यो । यो अवधिमा ग्रामिण तथा शहरी विकास मन्त्रालय मात्रै दाङमा आएको छ ।

उक्त मन्त्रालय देउखुरीमा आएको महिना दिन भइसकेको छ । एक महिना अगाडि मन्त्री नियुक्त भएका हरिप्रशाद रिजालले जेठमै आफ्नो मन्त्रालय राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरेका हुन ।

त्यसैले ग्रामिण तथा शहरी विकास मन्त्रालय नै दाङमा स्थापना भएको पहिलो मन्त्रालय हो । लुम्बिनीको स्थायी राजधानी गत बर्ष असोज २० गते स्थाना भएको थियो । स्थायी राजधानी घोषणा भएको नौं महिनाको अवधिमा दाङमा आएको यही एउटा मन्त्रालय मात्रै हो । तैपनि उक्त मन्त्रालयको कार्यालय भने सञ्चालनमा आउने सकेको छैन । ग्रामिण तथा शहरी बिकास मन्त्रालयका कर्मचारीहरु बुधबार मात्रै आफ्नो मन्त्रालय अनुगमन गर्न भने आएका थिए ।

लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रशाद ज्ञवालीका अनुसार आवश्यक कुराहरुको ब्यबस्थापन पछि असार मसान्त सम्म मन्त्रालयको कामकाज स्थायी राजधानी दाङबाटै सुरु हुने संभावना औंल्याए । मन्त्रालय आउनु भन्दा पहिला गत चैतमा त्यहाँ लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन कार्यालय स्थापना भएको थियो । उक्त कार्यालयको कामभने स्थायी राजधानी देउखुरीबाट हुँदै आएको छ ।

हाल लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गर्नको लागि सभाहल निर्माणकार्य शिक्षालय भित्रै भइरहेको छ । दिउँसो र रातमा गरि दूई सिफ्टमा उक्त हल निर्माणको काम भइरहेको छ । करिब ५ करोड २१ लाखजतिको लागतमा निर्माणाधिन हल प्रिफ्याक्स प्रबिधिबाट निर्माण भइरहेको छ । जस्को जिम्मा ड्रायगन बस्नेत जेभि निर्माण कम्पनीले पाएको छ । जग र पिलर जस्ता संरचनाहरु निर्माण भइसकेका छन् ।

राप्ती शिक्षालयको भौतिक संरचना बिक्रम संबत २०५० सालमा एडिबीले निर्माण गरि दिएको थियो । शिक्षालय १८ बिगाहा क्षेत्रफलमा रहेको छ । शिक्षालय प्रमुख मोति चौधरीका अनुसार त्यहाँ ठूला साना गरि ५५ वटा भौतिक संरचना छन् । हालको शिक्षालयको सम्पत्तिको मूल्याङकन एक अरव बढी हुने चौधरीले बताए ।

शिक्षालयमा मुख्यमन्त्रीको कार्यालयलगाएत सबै मन्त्रालयहरु राख्न सक्ने भौतिक संरचना गरि तयारी अवस्थामा छन् । तत्कालै प्रदेशसभा बैठक सञ्चालन गर्न मिल्ने हलपनि उपलब्ध छ । राजधानी व्यवस्थापन कार्यालयले पनि प्रदेशका अधिकाँस सबै मन्त्रालयहरु शिक्षालय भित्रै सहजै सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ । नेपाल सरकारले राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना भोगाधिकार लुम्बिनी प्रदेश सरकारलाई दिने निर्णय गत बर्ष नै गरि सकेको छ ।

प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका वडा ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्ने नीतिगत निर्णय गरिएको छ ।राप्ती शिक्षालय सरस्वती माबिामा र सरस्वती मावि स्थानीय सरस्वती प्राबिमा स्थान्तरण गर्ने निर्णय भएको छ । तर, सरस्वती प्राबिमा भौतिक पूर्वाधार निर्माणको भइरहेको हुँदा शिक्षालय स्थान्तरण हुन ढिलाई भएको छ । शिक्षालय स्थान्तरण हुन ढिला हुँदा स्थायी राजधानीमा मन्त्रालयहरु स्थान्तरण गर्न ढिलाई भएको हो ।

जहाँ हाल २८ कोठाको विद्यालय संरचना निर्माणको काम चलिरहेको छ । गोवरडिहामा राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्ने र त्यहाँको जग्गा तथा संरचना प्रयोगको लागि भोगाधिकार शिक्षालयलाई हस्तान्तरण गर्न बाँकी रहेको हुँदापनि काममा बिलम्ब भइरहेको कतिपय जानकारहरुले बताउने गरेका छन् ।

४ असार २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको