कम्युनिष्टहरु असफल भएका होइनन, संसदीय व्यवस्था असफल भयो: ओम पुन


बैशाख ५, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’ले संसदीय ब्यबस्था असफल भैईसकेको ठोकुवा गरेका छन ।

रोल्पा परिवर्तन गाउँपालिका ३ को लाली गुराँस युवा क्लवको २३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्टहरु असफल नभई पुजीवादी ब्यबस्था भित्रको संसदीय ब्यबस्था असफल भएको बताएका हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुनले बार्ता र सम्बादका लागि भएको तीन बुदे सहमती दिल्लिको नभई काठमान्डौको भएको जिकिर गरेका छन । उनले भने ‘हाम्रो तीन बुँदे सहमति दिल्लिको होइन, काठमाडौको तीन बुँदे सहमति हो’ ।

पुनले संसदीय ब्यबस्थाको कटाक्ष गर्दै संसदीय ब्यबस्था काङ्ग्रेसको जाय जत्था भएको र त्यसैमा केपि-प्रचण्ड कम्युनिष्टहरु घर ज्वाइँ बस्न गएको टिप्पणी गरेका थिए ।

उनले एक अर्को प्रसंगमा भने- ‘प्रचण्डको भबिष्य सकियो, जब प्रचण्डले भाषण गर्न थाल्छन, तब जनताले भन्न थाल्छन लौ कुकुर भुक्न थाल्यो ।’

नेता पुनले कम्युनिष्टहरु पुजीबादमा पतन भएको आरोप लगाए । पुजिबादले नेता शहर पस्ने भन्छ, गाउँ छोड्ने भन्छ, त्यसकारण रोल्पाका नेताहरुले गाउँ छोडेर शहर पसे, यो पुजीवादी चरित्र हो, उनले भने । बार्ता प्रसंग जोड्दै आफुहरु यो व्यवस्था र सरकार स्विकार नगरेको पुनले स्पष्ट पारे ।

यस्तै कार्यक्रमका विशिष्ट अथिति नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले विप्लव नेकपा पनि ध्वंसात्मक गतिविधि छोडेर मुलधारको राजनीतिमा आएको बताए । उनले संसदीय व्यवस्था फेल नभएको तर्क गर्दै कम्युनिष्ट नेताहरु फेल भेकको बताए । उनले भने- ‘केहि सिमित नेताहरु मात्र फेल भएका हुन्, यो व्यवस्था फेल भएको होइन।’,

क्रायक्रममा अतिथिहरु नेपाली काँग्रेस रोल्पाका निवर्तमान सभापती कृष्ण घर्ती, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला इन्चार्ज दिनेश विक्रम चन्द ‘मानव’,नेपाल कम्युनिष्ट पार्टी रोल्पा सेक्रेटरी शोभाराम राना ‘विस्फोट’, नेपाली काँग्रेस केन्द्रीय जनजाति बिभागका केन्द्रीय सदस्य दिपक श्रेष्ठ, उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कुमार चन्द र परिवर्तन गाउँपालिकाका अध्यक्ष निमाकान्त डाँगी रहेका थिए ।

लाली गुराँस युवा क्लवका उपाध्य्क्ष हिरालाल खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सभाध्यक्ष क्लवका अध्यक्ष विनोद चन्दले गरेका थिए भने कार्यक्रमको संचालन क्लवका सचिव जगत बुढाले गरेका थिए ।

५ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको