निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा


मङ्सिर १, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो ।

सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ ९ मंसिरमा बुक क्लोज हुनेछ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको