कमल राज वलीको ‘खरबारीमा खर काटौ’ म्युजिक भिडियो सार्बजानिक


कार्तिक ३०, काठमान्डौ । गायक कमल राज वलीको म्युजिक भिडियो ‘खरिबारी’ युटुबमा सार्बजानिक भएको छ । भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्बजानिक भएको हो ।

कमल राज वलीको शब्द संगीत रहेको गीतमा आफ्नै आवाज रहेको छ भने, तुलसी घर्ती र रन्जना मुखियाले आवाजमा साथ दिएका छन । उक्त म्युजिक भिडियोलाई हरि डिसीले निर्देशन गरेका छन ।

अभिनय कलाकारहरु कमल राज वली र भुमिका बिक रहेका छन् । म्युजिक एरेन्जर तथा अडियो मिक्सिङ-मास्टरिङ गोबिन्द वलीले गरेका छन् । मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको छायांकन र भिडियो मिक्सिङ केबी गुरुङले गरेका हुन् ।

म्युजिक भिडियोमा गाउँले परिबेशको माया-प्रेम समेटिएको छ । गायक वलीले यस अघिपनि ‘छोट्टी बस्ने’ म्युजिक भिडियो पनि ल्याएका थिए ।

हेर्नुहोस भिडियो:

१ मंसिर २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको