मगर परिवार नेपाल संस्था द्वारा कार्तिक १७ गतेबाट देउसीभैली प्रतियोगिता राख्दै


मगर परिवार नेपाल संस्थाले देउसीभैलो कार्यक्रम राख्ने भएको छ । नेपालीहरुकाको मौलिक तथा राष्ट्रिय वलिहाङ पर्व तिहारको उपलक्ष्यमा मगर समुदायको मौलिक परम्परा तथा कला संस्कृति प्रतिभालाई अनलाइन मार्फत देश ब्यापी गर्ने उदेश्यले मगर परिवार नेपालले यो प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले बताएको छ ।

मगर परिवार नेपाल(MPN) संस्था द्वारा अनलाइन फेसबुक ग्रुपमा आयोजना हुन गइरहेको वलिहाङ पर्व देउसी /भैली प्रतियोगिता- २०७८ मा विश्वभर रहनुभएका सम्पूर्ण मगर संघ संस्था, क्लव, समूहलाई सहभागी भइ प्रतियोगिताको शोभा बढाईदिन सबैलाई अपिल समेत गरेको छ ।

प्रतियोगिताको नियमहरु:-

✅१) प्रतियोगितामा सबै उमेर समुहका पुरुष/महिला मगर कलाकारहरु सहभागी जनाउन सकिनेछ।

✅२) देउसीभैलो भिडियो बनाउदा १ समूहमा कम्तीमा ६ जना वा त्यो भन्दा धेरै कलाकारहरुको सहभागिता हुनुपर्नेछ।

✅ ३) भिडियो बनाउदा ७५% सहभागी कलाकारहरुले मगर पोषाक लगाएको हुनुपर्ने छ ।

✅४) प्रतियोगि समूहको भिडियो ४ मिनेट वा त्यो भन्दा माथिको हुनुपर्नेछ ।

✅ ५) कलाकार समुहले देउसीभैलो भट्याउदा राजा वलिहाङको इतिहासलाई सम्झेर चेतना मुलक शब्द प्रयोग गरि MPN संस्थालाई आगनी मानेर भट्याउनु पर्ने छ।

✅ ६) देउसी भैली समुहले भिडियोमै परिचय खुलाउनु पर्नेछ र एउटै भिडियो डबल पोष्ट गर्न भने पाइने छैन।

✅७) कलाकार समुहले भिडियो बनाउदा मौलिक बाजाहरु मादल,बाँसुरी,खैजडी र अन्य सामग्रीको साथमा मौखिक भट्याएको हुनुपर्नेछ ।

८)✅ कलाकार समुहलाई इच्छा भएको खण्डमा मगर मौलिक जुनसुकै भाका गाउन र नृत्य गर्न पाइनेछ ।

✅९) नयाँ भिडियो इडिट गर्न पाइनेछ तर युट्युवबाट डाउनलोड गरेर ल्याएको पुरानो भिडियो मान्य हुनेछैन❌।

✅ १०) प्रतियोगि समुहको भिडियो कार्तिक १७ गते बिहान १० बजेबाट कार्तिक १८ गते राति १२ बजेसम्म फेसबुक पोष्ट वा आइडीबाट पोष्ट गरि सहभागी हुन सकिने छ ।

✅११) विजेता छनौट गर्ने पुर्ण अधिकार निर्णायक समितिलाई रहनेछ। कलाकार समुहको प्रतिभा, प्रस्तुतिको आधारमा मुल्यांकन गरि विजेता र उपविजेता घोषणा गरिनेछ ।

✅१२) सबै सहभागी समुहलाई रु.२/२ हजारको दरले दान दक्षिणाको ब्यवस्था गरिनेछ ।

✅१३) नतिजा तिहार सकिए लगत्तै औपचारिक कार्यक्रम Zoom Live मार्फत विशेष अतिथिहरुको उपस्थितमा सार्वजनिक गरिनेछ ।

✅१४) प्रतियोगिताको समय भरि कुनै बिबाद उत्पन्न भएको खण्डमा वा नियम विपरीत रहेमा आयोजक समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

➡️ देउसी/भैली प्रतियोगिता सफल बनाउन ,दान दक्षिणा,पुरस्कार सौजन्य गर्न इच्छुक महानुभावहरुले आयोजक समितिलाई सम्पर्क गर्नसक्नुहुनेछ ।

♦️♦️♦️पुरस्कारहरु:-🥇🎖️🏅

🥇विजेता समुहलाई :- रू.१५,०००/- पुरस्कार र सम्मान पत्र

🥈उपविजेता समुहलाई रु.१०,०००/-पुरस्कार र सम्मान पत्र

साथै सहभागी सबै समुहलाई रु.२/२ हजार पुरस्कार
र सम्मान पत्र उपलब्ध गराइनेछ ।

३१ आश्विन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको