दाङमा १४ वर्षीया किशोरीमाथि सामूहिक बला’कार, एक जना पक्राउ

फाइल तस्बीर

असोज १, दाङ । दाङमा १४ वर्षीया किशोरी सामूहिक बला’त्कृत भएकी छन् ।

बला’त्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।

सुनार र तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँको एक कटेजको कोठामा लगी सामूहिक बला’त्कार गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती क’रणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

१ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको