मगर संसारले गरिव जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति स्वरूप तीन महिने आधारभूत कम्प्यूटर शिक्षा र साथमा स्टेशनरी सामान प्रदान


मगर संसार फोटो ग्यालरीको चौथो बार्षिक उत्सबको अवसर पारी निर्णय गरिएको दुई छात्रबृत्ति मध्य एक छात्रबृत्ति आज २०७८ भदौ ३१ गते नवलपरासी जिल्ला सुनवल १२ भूमहिका गरीब जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको छ । सरकारी स्कूल जगन्नाथ उच्च माध्यामिक विद्यालय भूमहिमा १० कक्षामा अध्यनरत १६ बर्षका मोनिका गाहा मगरलाई मगर संसार राहतकोषबाट छात्रबृत्ति प्रदान गरिएको हो । स्टेशनरी सामग्रीहरु जस्तै कापी, कलम,ज्यामिति वक्स, ब्याग, क्याल्कुलेटर, स्कूल जुत्ता जगायत तीन महिने आधारभूत कम्प्यूटर कक्षाको ब्यबस्था गरिदिएको मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले बताउनु भयो । कम्प्युटर कक्षाको लागि केहि पैसा मगर संसारका एडमिन निर्मला मगर ‘Magarni Ajisha’ र प्रिया राना मगरको हातबाट हस्तान्तरण गरिएको छ ।

बुवा धनबहादुर गाहा मगर र आमा कुमारी गाहा मगरको सन्तानको रुपमा जन्मिएका मोनिका पढाईमा अब्बल रहेको विद्यालयले जनाएको छ । मगर संसार कोषबाट आजसम्म ८२ जनालाई सहयोग प्रदान गरिएको प्रिया राना मगरले बताउनु भयो ।

१ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको