बानेश्वरको केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी


असोज १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार केन्द्रिय कार्यालय उद्घाटन गर्ने भएको छ। नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने जनाएका छन्। पार्टीले पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय स्थापना गरेको हो।

एकीकृत समाजवादीको फेशबुकमा लेखिएको छ, ‘नेकपा( एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल दक्षिण) उपस्थितिका लागि अनुरोध छ।’

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेदेखि बस्दैछ। बैठकले जिल्ला इन्चार्ज, अध्यक्ष, प्रदेश अध्यक्ष, सचिव तोक्ने छ।

 

१ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको